मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

जनकनन्दिनी गाउँपालिकाले बल्ल ल्यायाे ५३ करोड बढी बजेट

कर्मचारीले अझै पाएका छैनन् तलब

Mayorsap

बिही, कार्तिक ८, २०८१ | १४:२६ बजे

जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१/०८२ को लागि ५३ करोड बढी बजेट ल्याएको छ । 

सोमबार सम्पन्न ११औँ गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिकरणको क्रममा गाउँपालिका उपाध्यक्ष कमला सहगलले ५३ करोड ५० लाख ६१ हजार ९४३ रुपैयाँ बजेट प्रस्तुत गरिन् ।

संघीय सरकारबाट वित्तीय समानिकरणतर्फ ९ करोड ४८ लाख रुपैयाँ, सशर्त अनुदान र चालु पूँजीतर्फ २४ करोड ३९ लाख १२ हजार रुपैयाँ तथा राजस्व बाँडफाँडतर्फ ७ करोड ७३ लाख रुपैयाँकाे बजेट जनकनन्दिनी गाउँपालिकाले पाएकाे छ । विशेष अनुदान तर्फ ९० लाख, समपूरक अनुदानतर्फ १ करोड, सरकारबाट वित्तीय समानिकरणमा ६६ लाख ३१ हजार, प्रदेश सरकारबाट विशेष अनुदानतर्फ ३० लाख र सम्पूरक अनुदानबाट २० लाख रुपैयाँ प्राप्त भएको पालिकाले जनाएकाे छ । 

सवारी साधन कर बाँडफाँडमा ३२ लाख र आन्तरिक स्रोतबाट ८ करोड ४२ लाख १८ हजार ९४३ गरी कुल ५३ करोड ५० लाख ६१ हजार ९४३ रुपैयाँ बजेट अनुमान गरिएको हो । 

११औँ गाउँसभाको लागि प्रमुख प्रशासकीय अधिकृत अयोधी दासले जनप्रतिनिधिहरुसँग छलफल गरेर बजेट ल्याउन सहयाेग गरेका थिए । गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र वडाध्यक्षहरुबीचको आपसी समझदारी बलियो भएपछि गाउँसभाको लागि जनप्रतिनिधिहरु तयार भएका थिए । गाउँपालिकाभित्र रहेको विभिन्न दलका प्रतिनिधिहरुको साथ, सहयोगपछि गाउँसभा गरिएको हो । 

६ वटा वडा रहेकाे याे पालिका धनुषाकै सबैभन्दा पिछडिएकाे पालिका मानिन्छ । अहिले पालिकाकाे बन्दसत्र चलिरहेकाे छ । पालिकाका सबै कर्मचारी तथा प्रतिनिधिले अझै तलब सुविधा पाइसकेका छैनन् ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology