मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

बुढीनन्दा नगरपालिका

हेटौंडा उपमहानगरपालिका

मर्स्याङ्दी गाउँपालिका

गृहमन्त्री

छेडागाड नगरपालिका

फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर

गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न का.म.पाले बिक्री स्थल तोकेर तयारी थालेको का.म.पा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । हाल ३५ व्यावसायिक भवन (मल)को अगाडि बिक्री स्थल बनाउने तयारी भइरहेको उनले बताए ।

Mayorsap,विवेक मण्डल

बिही, कार्तिक ८, २०८१ | ०५:३१ बजे

काठमाडौँ 
कार्तिक ८ गते,
काठमाडौँ महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ ।
गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न का.म.पाले बिक्री स्थल तोकेर तयारी थालेको का.म.पा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । हाल ३५ व्यावसायिक भवन (मल)को अगाडि बिक्री स्थल बनाउने तयारी भइरहेको उनले बताए ।
प्रमुख पाण्डेकाअनुसार किसानले उत्पादन गरेको फूल काठमाडौँ महानगरपालिमा रहेको ‘सपिङ मल’को खाली स्थानमा बिक्री स्थल बनाउने तयारी गरिएको हो । त्यसका लागि मल सञ्चालकसँग छलफल भइसकेको जनाएको छ । “आगामी कात्तिक १४,१५,१६ र १७ गते कृषकले निःशुल्क रुपमा तोकिएका स्थानबाट फूल बिक्री गर्न पाउने छन्”,उनले भने ।
फूल बिक्री स्थलमा नगर प्रहरीले समन्वय गर्ने कामपाले जनाएको छ । यस वर्षको तिहारका लागि बजारमा ४० लाख सयपत्री फूलको मालाको माग रहेको पुष्प व्यवसायीको भनाइ छ । 
नेपालमा वि.सं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । उपत्यकाको तीन जिल्लासहित कास्की,चितवन,मकवानपुर,काभ्रेपलाञ्चोक,गुल्मी,पाल्पा,धादिङ,मोरङलगायत ५२ वटा जिल्लामा पुष्प खेती विस्तार भएका छन् ।
व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजार बढी व्यक्तिले लाभ लिएका छन् । मुलुकभित्र दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology