मेयरसाप

विद्यालय

दैनिक १० घण्टा बहिरङ्ग सेवा दिँदै नगर अस्पताल

कागेश्वरी मनोहरा नगर अस्पतालले दैनिक १० घण्टा बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । बिरामीले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बहिरङ्ग सेवामार्फत उपचार गराइरहेको अस्पतालका मेडिकल अधिकृत डा.सन्तोष रम्तेलले जानकारी दिए ।

Mayorsap,विवेक मण्डल

शुक्र, कार्तिक ९, २०८१ | १०:१४ बजे

काठमाडौं 
कार्तिक ९ गते,
कागेश्वरी मनोहरा नगर अस्पतालले दैनिक १० घण्टा बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । बिरामीले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बहिरङ्ग सेवामार्फत उपचार गराइरहेको अस्पतालका मेडिकल अधिकृत डा.सन्तोष रम्तेलले जानकारी दिए ।
उनले भने,“हामीकहाँ बहिरङ्ग (ओपिडी)अरु ठाउँ  जस्तो नर्मल छैन । साँझ ५ बजेसम्म त टिकट काट्छौंँ । यदि कोही डाक्टर खाली भएमा पौने ६ बजेसम्म टिकट काटेर जाँच गर्छौंँ ।”उनकाअनुसार यस अस्पतालमा दैनिक पाँच सयको हाराहारीमा सेवाग्राही आउने गर्छन् । “कार्यविधि बनाएरै प्रत्येक दिन एक सय ५० जना बिरामीको उपचार गर्छौँ,”मेडिकल अधिकृत रम्तेलले उल्लेख गरे ।
अस्पतालमै कार्यरत अर्का डाक्टर निवेश सुवेदीले अस्पताल स्तरोन्नतिको प्रक्रियामा रहेको बताए । सुरुवातमा १५ शय्याबाट सञ्चालन थालिएको सो अस्पताल अब ५० शय्याको स्तरोउन्नति प्रक्रियामा रहेको उनले बताए । उनकाअनुसार यस अस्पतालले स्याटलाइट ओपिडीसमेत सञ्चालन गरेको छ । स्याटलाइट ओपिडी सेवाबाट कागेश्वरी मनोहरा नगरपालिका–१ गागलक्षेत्रका स्थानीय लाभान्वित भएको उनले सुनाए ।
दुर्गम क्षेत्रमा स्थानीय तहद्वारा सञ्चालित “मेयरसँग ज्येष्ठ नागरिक” र “मेयरसँग बालबालिका” कार्यक्रम अति उपयोगी भएको डाक्टर सुवेदीको भनाइ छ । यी कार्यक्रमबाट ६० वर्ष माथिका ज्येष्ठ नागरिकले उपचारसँगै अल्ट्रासाउण्ड,इसिजी,औषधिलगायतका निःशुल्क सुविधा प्राप्त गरेका छन् ।
 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology