Ad Image

स्थानीय तह उपनिर्वाचनका लागि स्थापना भयाे कल सेन्टर, साँझ ७ बजेसम्म फोन गर्न सकिने

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732018870.jpg

काठमाडौँ, मंसिर ४: निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कल सेन्टर स्थापना गरेको छ ।

आउँदाे मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका सम्बन्धमा निर्वाचनसम्बन्धी जानकारी दिन मंगलबार कल सेन्टर स्थापना गरेकाे आयाेगले जनाएकाे छ । 

कल सेन्टरमार्फत उपनिर्वाचन प्रयोजनका लागि मतदाताहरुका प्रश्न, गुनासा र समस्या समाधान गरी मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान प्रक्रियालगायतका सम्पूर्ण विषयमा सर्वसाधारणलाई जानकारी उपलब्ध गराउने उद्देश्यले मंगलबारदेखि बिहान ७ बजेदिख साँझ ७ बजेसम्म सञ्चालन हुनेगरी आयोग परिसरमा नि:शुल्क (टोल फ्री नं ११०२) कल गर्न सकिन्छ ।