Ad Image

गुल्मीबाट अख्तियारमा ६० उजुरी दर्ता

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1732369394.jpg

गुल्मी, मङ्सिर ८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् ।

उजुरीमध्ये ३५ वटा फछ्र्यौट भएको र बाँकी २५ उजुरी छानविनकै क्रममा रहेको बताइएको छ ।     
    
आयोगले जिल्लास्तरमा अन्तरक्रिया सरोकारवाला निकायबीच अन्तरक्रिया गरेको छ अख्तियारले  गुल्मीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया गरेको हो ।

पछिल्लो समयमा स्थानीय तहमा उजुरीको सङ्ख्या बढ्दै जान थालेसँगै स्थानीय तह र अख्तियार  दुरुपयोग अनुसन्धान आयोगबीचको दूरी कम गर्ने उदेश्ले गुल्मीमा जिल्लास्तरीय रुपमा उक्त  कार्यक्रम गरिएको हो ।     
    
कार्यक्रममा दुई नगरसहित १२ स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षसहित  प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो कार्यक्रममा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमेशकुमार केसीले अख्तियारले गर्ने कार्य      र क्षेत्राधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।     
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेन्द्रकुमार पौडेलले गुल्मी जिल्लासहित कार्यक्षेत्रभित्र  रहेका आठ जिल्लाका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित  भई आयोगमा पर्ने उजुरीका विषयवस्तु एवं स्थानीय तहलाई आयोगका सुझावका सम्बन्धमा कार्यपत्र  प्रस्तुत गरिएको थियो ।     
    
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपचारात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक गरी मुख्य  रुपमा तीन किसिमका रणनीतिक उपायमार्फत भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्य गर्दै आएको छ ।

कार्यक्रममा सहभागीले अख्तियारसँग सम्बन्धित केही जिज्ञासासमेत राख्नुभएको थियो ।     
    
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा हरि पौडेलले पछिल्लो समयमा अख्तियारसँग डराउने भाष्य निर्माण भएको भन्दै सही नियतले काम गर्दा कसैसँग डराउन नपर्ने बताउनुभयो ।

उहाँले अख्तियारमा उजुरी पर्दैमा विकास निर्माणका काम रोक्ने गरेको भन्दै त्यसो नगर्न आग्रह  गर्नुभयो ।