मेयरसाप

दार्मा गाउँपालिका

रास्कोट नगरपालिका

बालमैत्री

सेवाग्राही सुविधा

भरतपुर महानगरपालिका

काठमाडाैं महानगरले हुलाकबाट एमालेलाई पुन: पठायो जरिवानाको पत्र

Mayorsap

सोम, मंसिर १०, २०८१ | ११:५७ बजे

काठमाडौँ । काठमाडाैं महानगरपालिकाले फाेहाेर गरेकाे कसूरमा ताेकेकाे जरिवानाकाे चिठ्ठी नेकपा एमालेलाई हुलाक मार्फत पठाएकाे छ ।

काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र एमालेले केन्द्रीय कार्यालयमा भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि पालिकाले हुलाक र इमेलमार्फत पुन: जरिवानाकाे चिठ्ठी पठाएकाे हाे । आइतबार जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पार्टी कार्यालयले पत्र बुझेको थिएन ।

आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको हो ।  ‘सोमबार बिहान हामीले हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाएका छौ’, काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले जानकारी दिए ।


एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो । तर एमालेले भने काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेमाथि राजनीतिक स्टन्ट गरेको प्रस्टीकरण दिँदै आएको छ ।


एमालेले कार्यक्रम सकेलगत्तै त्यस स्थानको फोहोर पार्टीका स्वयंसेवकहरूले जम्मा पारेर महानगरलाई ट्रक पठाउन आग्रह गरेको तर महानगरले ट्रक पठाउनुको साटो जरिवानाको पत्र सार्वजनिक गरेको भन्दै मेयर बालेन साहप्रति आक्रोश पोखेको छ । तर महानगरले भने जरिवाना जसरी पनि उठाउने बताउँदैछ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology