मेयरसाप

केपी ओली

रतुवामाई नगरपालिका

तुर्माखाँद गाउँपालिका

‘एक घर, एक धारा’

धार्चे गाउँपालिका

आठबिसकोट नगरपालिका

घरको फोहोर सडकमा फ्याँक्ने एक व्यक्तिलाई महानगरले तिरायो जरिवाना

काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै ती व्यक्तिलाई जरिवाना गराइएको हो ।

Mayorsap

मंगल, मंसिर ११, २०८१ | १४:४७ बजे

काठमाडौं महानगरपालिका

काठमाडौं । सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई काठमाडौं महानगरपालिकाले जरिवाना १० हजार गराएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै कुबेर थापालाई जरिवाना जरिवाना तिराएकाे हाे ।

यसअघि हिजो सोमबार सडक हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्गमा स्वता शाहलाई महानगरले २५ हजार जरिवाना तिराएकाे थियो ।

महानगरले गत शुक्रबार दरबारमार्गमा सभा आयोजना गर्ने क्रममा फोहोर गरेको भन्दै सत्तारुढ दल नेकपा एमालेलाई पनि जरिवाना तोकेको थियो ।

यद्यपि, एमालेले उक्त जरिवाना तिर्न आनाकानी गरिरहेकाे छ । पार्टी कार्यालयमै जरिवाना पत्र लिएर महानगरको टोली पुगेपनि एमालेले जरिवानाकाे पत्र नबुझेपछि हुलाक र इमेलमार्फत महानगरले पुन: पत्र पठाएको छ ।

महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐनको अनुसूची १६ मा २० वटा बुँदामा दण्ड–जरिवानाको व्यवस्था गरेको छ । यससंगै पछिल्लो समय प्रशासनिक दण्ड, जरिवाना र जफतमा काठमाडौं महानगर आक्रमक देखिएको छ ।

 


 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology