मेयरसाप

बजेट

केपी ओली

भरतपुर महानगरपालिका

कीर्तिपुर नगरपालिका

बालेन शाह

सुनिता डंगोल

बुद्धजन्मस्थल

मिक्वाखोला गाउँपालिका

भजनी नगरपालिका

त्रिशूली

राप्तीसोनारी गाउँपालिका

भरतपुर अस्पतालमा सुरू भयाे 'प्ले' थेरापी सेवा

१० वर्षसम्मका बालबालिकालाई लक्षित गरेर यो सेवा सुरु गरिएको हाे ।

Mayorsap

बुध, मंसिर १२, २०८१ | १४:२४ बजे

चितवन । भरतपुर अस्पतालमा उपचाररत बालबालिकाहरुलाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो ।

 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा.कृष्णप्रसाद पौडेलका अनुसार बाल रोग विभागमा भर्ना भएर उपचाररत बालबालिकालाई ‘बिरामी छु’ भन्ने कुरा बिर्साउन प्ले थेरापी शुरु गरिएको बताए । उनले यसरी उपचार गर्दा बच्चाको रोग समेत छिटो निको हुने बताए । 

 

अस्पतालको उपचार र घरको जस्तो वातावरण सिर्जना गर्दा बालबालिकाले सहज महसुस गर्ने उनको भनाई छ । बाल सघन उपचार कक्ष र सिकिस्त रहेका बाहेक १० वर्षसम्मका बालबालिकालाई लक्षित गरेर यो सेवा शुरु गरिएको उनले बताए ।

 

विदेशमा समेत चिकित्सकले यस्ता कक्ष सम्हाल्ने गरेको जनाउँदै क्रमशः व्यवस्थित गर्दै लैजाने उनले जानकारी दिए । दैनिक ५० जना हाराहारी बालबालिकाले यो सेवा लिन सक्ने उनको भनाइ छ । अस्पतालको बाल रोग विभागमा ६६ शैया छन् ।

अस्पताल आफैँले सामग्री खरिदगरी शुरु गरेसँगै विभिन्न दाताहरुले थप सामग्रीहरु सहयोग गर्ने बचन दिएको उनले बताए । अस्पतालमा एनआइसियू, पिआईसियु सेवा समेत छ । यो संघीय अस्पताल भएकोले यहाँ चितवन सहित छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology