Ad Image

निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै कीर्तिपुर र काठमाडौं १६ मा आयोगका दुई अनुगमन टोली परिचालन

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1732706870.jpg

काठमाडौं । उपनिर्वाचन हुन लागेका कीर्तिपुर नगरपालिका र काठमाडौंको १६ नम्बर वडामा निर्वाचन आचार संहिताको  उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले अनुगमन सुरू गरेको छ । आयोगले छुट्टाछुट्टै टोली बनाएर अनुगमनका लागि पठाएको हो ।

 

कीर्तिपुरमा एसएसपी दीपक रेग्मीको नेतृत्वमा आयोगका उपसचिव डा. थानेश्वर भुषाल, उपन्यायाधीवक्ता केदार अधिकारी र सशस्त्र प्रहरी बलका डीएसपी अशोक न्यौपानेसहितको टोलीलाई खटाइएको छ । टोलीले पहिलो चरणको कारवाही अघि बढाइसकेको छ ।

 

त्यस्तै काठमाडौं वडा नम्बर १६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा सशस्त्रका एसएसपी दिग्विजय सुवेदी, आयोगको सहसचिव सीता पुन, प्रहरीका एसपी सञ्जय सिंह थापासहितको टोलीलाई खटाइएको छ।

 

आगामी १६ मंसिरमा हुने उपनिर्वाचनको प्रचारप्रसारका क्रममा विभन्न दल र उम्मेदवारले ती स्थानमा आचारसंहिता विपरीतका क्रियाकलाप गरेको आयोगले जनाएको छ ।

 

यदी निर्वाचन आचार संहिता उल्लङघन गरेको पाइएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारवाही गर्ने अधिकारसहित टाेली खटाइएको हो ।