मेयरसाप

स्थानीय तह

रावा बेसी गाउँपालिका

बालमैत्री

घरपझोङ गाउँपालिका

लुम्बिनी विकास कोष

तेह्रथुमको लालीगुराँस ८ मा काँग्रेसका लिम्बु विजयी

Mayorsap

सोम, मंसिर १७, २०८१ | ०९:४८ बजे

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका –८ को वडा अध्यक्षमा नेपाली काँग्रेसका नगेन्द्र लिम्बु विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्ध बहादुर लिम्बुलाई ८० मतले पछि पार्दै नगेन्द्र विजयी हुनुभएको हो ।

काँग्रेसका नगेन्द्र ४४० मत प्राप्त गर्दा एमालेका बुद्धले ३६० मत प्राप्त गर्नुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जीव खड्काले ३८ मत प्राप्त गर्नुभयो ।

यस्तै, नेकपा (माओवादी केन्द्र) का कुमार विकले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर श्रीपालाले ४, नेकपा एकीकृत समाजवादी पार्टीका प्रेम बहादुर खड्काले २ र स्वतन्त्र उम्मेदवार वसन्त लिम्बुले ४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भीम बहादुर निरौलाले जानकारी दिनुभयो ।

जम्मा ९२३ मत खसेकोमा ४९ मत भने बदर भएको अधिकृत निरौलाले जानकारी दिनुभयो । कुल १४ सय ८१ मतदातामध्ये ९२३ जनाले मतदान गरेका थिए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology