मेयरसाप

कीर्तिपुर नगरपालिका

स्थानीय तह

भरतपुर महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

खेलकुद मेला

जोगराज चौधरी

गोपाल हमाल

खेलकुद मेला

ललितपुर महानगरपालिका

‘घर घरमा डाक्टर’

काठमाडौँ उपत्यकाको वायु गुणस्तरअझैँ एक साता खराब रहने

सोमबार ९ः३२ सम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर १७२ एक्यूआई छ ।

Mayorsap

सोम, मंसिर १७, २०८१ | १०:१६ बजे

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु गुणस्तर आगामी एक सातासम्म खराब रहने अनुमान गरिएको छ । युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले आगामी आइतबार अर्थात् मंसिर २३ गतेसम्म उपत्यकाको हावाको गुणस्तर खराब रहने अनुमान गरेको हो । जसअनुसार वायु गुणस्तर १११ देखि १३८ एक्यूआईसम्म रहने अनुमान गरिएको हो ।

 

सोमबार ९ः३२ सम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर १७२ एक्यूआई छ । विश्वको प्रदूषित सहरमध्ये काठमाडौँ उपत्यका सातौँ नम्बरमा छ ।

 

स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० एक्यूआई हुँदा राम्रो, ५१–१०० एक्यूआई हुँदा मध्यम, १०१–१५० एक्यूआई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने गर्दछ । यस्तै, सो सूचकाङ्क १५१–२०० एक्यूआई पुगेमा अस्वस्थ, २०१ – ३०० एक्यूआई निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको मानिने वातावरण विभागले जनाएको छ ।

 

एक्यूआई मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २।५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology