मेयरसाप

कीर्तिपुर नगरपालिका

स्थानीय तह

बालेन शाह

सुनिता डंगोल

काठमाडौं दरबार क्षेत्र

खेलकुद मेला

उपनिर्वाचन

जानकी गाउँपालिका

हिमाली गाउँपालिका

महादेवा गाउँपालिका

धनगढी उपमहानगरपालिका

स्थानीय तह उपनिर्वाचन : सीके राउतकाे पार्टी कता हरायाे ?

Mayorsap

सोम, मंसिर १७, २०८१ | १३:३४ बजे

काठमाडाैं । पछिल्लाे समय मधेशकाे राजनीतिमा उदाएकाे सीके राउतले खाेलेकाे जनमत पार्टी याे उपनिर्वाचनमा कतैतिर पनि विजयी हुन सकेन ।

मधेशमा गएकाे निर्वाचनमा राम्रै स्थान हासिल गरेकाे जनमतले मधेश प्रदेशमा सातवटा वडामा वडाध्यक्ष पदको लागि भएको उपचुनावमा कुनै पनि क्षेत्र जित्न सकेन् । बरू  मधेशमा पूरानै पार्टी नेपाली कांग्रेस र जसपा नेपालले २-२ सिट जितेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १-१ सिट जितेका छन् ।

जनमतका उम्मेदवारे एक वडामा तेस्रो नम्बरमा मत ल्याउने बाहेक अन्य वडामा प्रतिस्पर्धामै आउन सकेनन् ।धनुषाको धनुषाधाम नगरपालिका १ मा माओवादी केन्द्रका सुनिल कापर केवट ६८४ मा विजयी हुँदा दाेस्राेमा कांग्रेस, तेस्राेमा जनता समाजवादी नेपाल रहेका छन् । जनमत पार्टी भने सातौं नम्बरमा रहन पुग्याे । जनमतका उम्मेदवार कुशेश्वर मण्डल मात्र २५ मतमा सीमित भएका छन् । यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा त जनमतले उम्मेदवार समेत उठाउन सकेन ।

सप्तरीको डाकनेश्वरी नगरपालिका १ मा जसपा नेपालका धिरेन्द्र साह ६५२ मत ल्याएर विजयी हुँदा पाँचौ नम्बरमा जनमतका उम्मेदवार शैलेन्द्र साह तेलीले ७४ मत मात्र पाएका छन् ।

डाकनेश्वरीको वडा नम्बर ४ मा जसपा नेपालकै उम्मेदवार देवेन्द्रप्रसाद यादवले ३७२ मतले जित निकाल्दा तेस्रो नम्बरमा जनमतका उम्मेदवार उदयनारायण पंडितले २३१ मत पाए ।

रौतहटको ईशनाथ नगरपालिका ७ मा नेपाली कांग्रेसका शेष अब्दुल खलिक ६२७ मतले निर्वाचित भए । त्यहाँ जनमतका उम्मेदवार शेख जमिरुल हक चौथो नम्बरमा १३५ मतमा सिमित भए ।

यस्तै रौतहटको गढीमाई नगरपालिका ८ मा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव ६५५ मतले निर्वाचित हुँदा जनमतका उम्मेदवार सरेन्द्र राउत कुर्मी छैटौं नम्बरमा रहे । उनले मात्र ८ मत पाए ।

रौतहटकै राजपुर नगरपालिका ६ मा नेपाली कांग्रेसका उम्मेदवार समसे आलम ७४४ मतले विजयी हुँदा चौथो नम्बरमा जनमतका उम्मेदवार कयामुद्दिन धुनिया मात्र ४५ मतमा सीमित भएका छन् ।

मधेश प्रदेशसभामा जनमत १३ सांसदसहितको चौथो ठूलो दल हो । प्रतिनिधिसभामा उसको ६ सिट छ । स्थानीय तहमा भने जनमत कमजाेर देखिएकाे छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology