मेयरसाप

कीर्तिपुर नगरपालिका

स्थानीय तह

बालेन शाह

सुनिता डंगोल

काठमाडौं दरबार क्षेत्र

खेलकुद मेला

राप्तीसोनारी गाउँपालिका

चौरजहारी नगरपालिका

गौशाला नगरपालिका

धनगढी उपमहानगरपालिका

रोजगारी

उपनिर्वाचन अपडेटः कीर्तिपुरमा मतगणना जारी, काँग्रेसको अग्रता कायमै

एमालेका मानन्धरले मतान्तर घटाउँदै

Mayorsap

सोम, मंसिर १७, २०८१ | १४:४८ बजे

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयरको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायमै  छ।

सोमबार चार वटा वडा गन्दा कांग्रेसका डंगोलले अग्रता कायमै राखेका हुन्। उनले २ हजार ४२१ मत प्राप्त गरेका छन्।

 

प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले २०६१ मत पाएका छन्। उनीहरूबीच ३६० को मतान्तर देखिएको छ। एमालेका मानन्धरले मतान्तर घटाउँदै गएका छन्।

 

त्यस्तै तेस्रोमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन छन्। उनले १६७४ मत प्राप्त गरेका छन्।

 

चौथो र पाँचौं स्थानमा स्‍वतन्त्र उम्मेदवार छन्। चौथोमा राजमान महर्जनले ९६५ मत पाउँदा पाँचौंमा रहेका दिनेशकुमार अधिकारीले ६४९ मत प्राप्त गरेका हुन्।

 

कीर्तिपुरमा वडा नम्बर १, २, ३ र ४ को मतगणना भइसकेको छ। कीर्तिपुरमा १० वटा वडा छन्। वडा नम्बर १ र ४ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

 

वडा नम्बर १ मा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्। यहाँ यसअघि कांग्रेसकै हिरालाल महर्जन विजयी भएका थिए।

 

वडा नम्बर ४ मा पनि कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्। यसअघि उनी स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीसँग पराजित भएका थिए।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology