मेयरसाप

छत्रकोट गाउँपालिका

बिदा

कालीगण्डकी गाउँपालिका, स्याङ्जा

सडक

तिलागुफा नगरपालिका

बढ्यो सेयर बजार, होटल व्यवसायमा आकर्षण

विकास बैंक र बैंकिङ समूह घटे

Mayorsap

सोम, मंसिर १७, २०८१ | १५:४७ बजे

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ ।

 

कारोबार रकमले साढे १० अर्ब नाघेको छ । अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको भयो । १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रह्यो ।

 

अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखियो । सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १० प्रतिशत मूल्यवृद्धिका कारण व्यापार सेक्टर ९.७ प्रतिशत बढ्यो ।

 

हाइड्रोपावर ०६२, लगानी ०.६०, जीवन बीमा १.९१, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.२० प्रतिशत बढे । अन्य ०.३६, फाइनान्स १.९७, विकास बैंक १.७२ र बैंकिङ समूह ०.५९ प्रतिशत घटे ।


विशाल बजार कम्पनी, तारागाउँ रिजेन्सी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ९.३६, अपर लाहोरेखोलाको ९.१९, ओरियन्टल होटलको ७.८ तथा रिभर फल्स पावरको ७.५ प्रतिशत मूल्य बढ्यो ।

 

नेपाल फाइनान्सको ८.७, गुराँस लघुवित्तको ७.७, विन नेपाल लघुवित्तको ६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology