Ad Image

उपनिर्वाचनः कीर्तिपुर मतगणना अपडेट

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733134465.jpeg

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयरको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायमै  छ।

पछिल्लो मतपरिणाम अनुसार उनले २ हजार ९३० मत प्राप्त गरेका छन्।

 

प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले २३८४ मत पाएका छन्। उनीहरूबीच ५४८ को मतान्तर देखिएको छ।

 

त्यस्तै तेस्रोमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन छन्। उनले २१०१ मत प्राप्त गरेका छन्।

 

चौथो र पाँचौं स्थानमा स्‍वतन्त्र उम्मेदवार छन्। चौथोमा राजमान महर्जनले १११३ मत पाउँदा पाँचौंमा रहेका दिनेशकुमार अधिकारीले ९१७ मत प्राप्त गरेका हुन्।


कीर्तिपुरमा १० वटा वडा छन्। वडा नम्बर १ र ४ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

 

वडा नम्बर १ मा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्। यहाँ यसअघि कांग्रेसकै हिरालाल महर्जन विजयी भएका थिए।

 

वडा नम्बर ४ मा पनि कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्। यसअघि उनी स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीसँग पराजित भएका थिए।