Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बेग्रल्ती बेथिति गरेकाे विषयमा समाचार लेखेका पत्रकारलाई मेयर हर्ककाे अराजक धम्की

भनेकाे ठाउँमा उपस्थित हुन आदेश, पालना नगरे 'सकाइदिने'

User Image मेयरसाप डेस्क | २०८१ मंसिर २० गते १६:११
Image of storage/news/1733328680.jpg

काठमाण्डाै । बेला बेला छुद्र अभिव्यक्ति दिएर चर्चामा रहेका धरानका मेयर हर्कराज साम्पाङले बेग्रल्ती बेथिति गरेका विषयमा समाचार लेखेका पत्रकारलाई अराजकपूर्ण धम्की दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा मेयर साम्पाङले खाेज पत्रकारिता केन्दका लागि समाचार लेखेका गाेपाल दाहाललाई धम्की दिएका हुन् । दाहालले  धरानकाे मेयर बनेपछि हर्कराज साम्पाङले कानून विपरीत बनाएका संरचना, धन्दा असुली, कार्यपालिकाकाे निर्णयबिना आफैँ कानून भएझै गरेका कामका विषयमा सामाचार लेखेका थिए । पत्रकार दाहालले नक्कली माओवादी बनेर चन्दा उठाएको पनि खुलासा गरेका थिए ।

खोज पत्रकारिता केन्द्र (खोपके) मा समाचार लेखेका पत्रकार गोपाल दाहाललाई लक्षित गर्दै आज साम्पाङले फेसबूकमा श्रृंखलाबद्ध रूपमा धम्कीपूर्ण स्ट्याटस लेखेका छन् ।

खोजी समाचारमा साम्पाङको विगतमा चन्दा उठाउने क्रममा धरानको राष्ट्रिय वाणिज्य बैंक नजिक पक्राउ परेको घटनाको विवरण पनि समावेश छ । माओवादी शिविरमा पुर्‍याएर उनलाई कुटपिट गरिएको प्रमाण माओवादीका तत्कालीन इन्चार्जले पुष्टि गरेको खोपकेले उल्लेख गरेको छ ।

समाचार सार्वजनिक भएकाे दुई दिनपछि साम्पाङले पत्रकार गोपाल दाहाललाई लक्षित गर्दै फेसबूकमा धम्की दिएका छन् ।

उनले लेखेका छन्:

“खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु। अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन !”

उनले पत्रकारलाई ‘चोरफटाहा’ को उपमा दिँदै सामाजिक सञ्जालमा तीव्र आक्रोश पोखेका छन् ।


Facebook Comments