मेयरसाप

केपी ओली

राहत

इस्मा गाउँपालिका

रेसुङ्गा नगरपालिका

ठाँटीकाँध गाउँपालिका

गुणस्तरहीन दुध

मंसिर २३ र २४ मा हुने अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

विवादित विषयमा मोडालिटी तयार गरेपछि सम्मेलनको मिति घोषणाा हुने

Mayorsap

बिही, मंसिर २०, २०८१ | ११:१२ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रले यही २३ र २४ गते हुने अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ ।


बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो ।

 

 यसबारेमा निर्णय लिन मंसिर २७ गते स्थायी समिति बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार उमेरहद र निर्वाचन प्रक्रिया सम्बन्धमा स्थायी समितिले मोडिलाटी बनाएर तिथि मितिबारे निर्णय गर्नेछ ।

 

‘विद्यार्थीको सम्मेलनको विषयमा  कुनै निर्णय नभएकोले त्यसका लागि २७ गते स्थायी समिति बैठक बोलाउने निर्णय भएको छ । विवादित विषयमा मोडालिटी तयार गरेपछि सम्मेलनको मिति घोषणाा हुने पनि बताएका छन ।

 

यसअघि असोज १०–१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको सम्मेलनमा उमेर हदको विवाद चर्किँदा स्थगित भएको थियो । नेतृत्वको छनोटलाई लिएर पार्टीका शीर्ष नेताहरूले नै प्रतिष्ठाको विषय बनाएपछि विवाद समाधानको मुद्दा पेचिलो बन्दै गएको विद्यार्थी नेताहरूको गुनासो छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology