मेयरसाप

केपी ओली

महादेवा गाउँपालिका

अनिवार्य कर

स्थानीय तह

श्रम बैंक

गुणस्तरहीन दुध

परशुराम नगरपालिकामा अब वडावाटै योजनाका सबै काम हुने

पालिकाको कार्यालयसम्म पुग्न एक दिनको पैदल बाटो, गाडी भाडा मात्र ५०० रुपैयाँ

Mayorsap

बिही, मंसिर २०, २०८१ | १२:३५ बजे

काठमाडौँ । डडेलधुराको परशुराम नगरपालिकाले वडा कार्यालयबाटै योजनाको सम्झौता र भुक्तानी गर्न थालेको छ ।

 

चुरे क्षेत्रमा रहेको यो नगरपालिकामा १२ वटा बडा छन् । नगरपालिकाले चालु आर्थिक वर्षका योजना वडा कार्यालयमा सम्झौता गर्न थालेको हो । योजनाको काम भइसकेपछि भुक्तानी पनि बडा कार्यालयबाटै दिइने परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले जानकारी दिए ।

 

वडा नम्बर १० का २० वटा योजनामध्ये १४ वटाको मगलबार सम्झौता र बैँक खाता खोलिएको उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृतलगायत योजना शाखाका कर्मचारी र बैकका कर्मचारीको टोली वडा कार्यालयमा पुगेर योजना सम्झौता अघि वढाउन सहजीकरण गरेका छन् ।

 

वडा नम्बर १२ र ४ बाहेकका १० वटै वडामा टोली पुगेर योजनाको सम्झौतासँगै बैक खाता खोल्ने तयारी छ ।  बडामै योजनाको सम्झौता गर्ने, बैक खाता खोल्ने र भुक्तानी पनि वडा कार्यालयबाटै हुने भएपछि उपभोक्ता समितिलाई निकै सहज भएको स्थानीयको भनाइ छ ।

 

वडा नम्बर १० को कार्यालयबाट पालिकाको कार्यालयसम्म पुग्न एक दिनको पैदल बाटो हिँड्नु पर्छ । गाडी भाडा मात्र ५०० रुपैयाँ तिर्नुपर्ने वाध्यतामा स्थानीय छन् ।
 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology