Ad Image

जनकपुरको शानदार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733382517.jpg

काठमाडौँ । पोखरा एभेन्जर्स विरुद्धको खेलमा जनकपुर बोल्टस्‌ले अर्को शानदार जित हासिल गरेको छ। जनकपुरले बिहीबार पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार बिहान त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले पोखरालाई सात विकेटले पराजित गरेको हो। पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले तीन विकेटको क्षतिमा १७.१ ओभरमै पूरा गरेको छ।

 

जनकपुरका लागि लाहिरु मिलन्थाले ४५, जेम्स निशमले ४०, आसिफ शेखले ३३ र हर्ष ठाकेरले १३ रन बनाए। पोखराका लागि विपिन खत्री, मिचेल लिक र कुशल भुर्तेलले एक(एक विकेट लिए। अन्य बलर महँगा सावित भए।

 

यसअघि ब्याटिङ गरेको पोखराले सात विकेटको क्षतिमा १३८ रन बनाएको थियो। पोखराका लागि मार्क्स क्रिचेलीले ३५, मिचेल लिकले २५, एन्ड्रिस गउसले २० र रेयमन रेफरले १७ रन बनाए।

 

जनकपुरका लागि ललित राजवंशीले तीन, जेम्स निशमले दुई, किशोर महतो र मोहम्मद मोहसिनले एक विकेट लिए।

 

यो जितसँगै जनकपुर ६ अंक सहित शीर्षस्थानमा यथावत् छ। जनकपुरको यो लगातार तेस्रो जित हो। लगातार दोस्रो हारसँगै पोखरा अंकतालिकाको पुछारमा छ।

एनपीएलको अर्को खेलमा आज अपराह्न काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दै छन्।