मेयरसाप

केपी ओली

पहिरो

हेटौंडा उपमहानगरपालिका

राजस्व

ढकारी गाउँपालिका

गुणस्तरहीन दुध

साताको अन्तिम दिन सेयर बजारमा २७३४ अंकको गिरावट

होटल सेक्टर सबैभन्दा धेरै प्रतिशतले घट्यो ।

Mayorsap

बिही, मंसिर २०, २०८१ | १५:४४ बजे

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९३ अंक (०.५७ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि २७३४ मा कायम भएको छ । २:५० बजे २७१८ अंकसम्म झरेको बजार अन्तिम १० मिनेटमा केही सम्हालिएको हो ।

 

कुल ४० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ३ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३६ करोडको भयो ।


व्यापार र लाइफ इन्स्योरेन्स बाहेक सबै सेक्टरका सूचक घटेका छन् । व्यापार ३.६७ र लाइफ इन्स्योरेन्स ०.७९ प्रतिशत बढे । होटल सेक्टर सबैभन्दा धेरै ३.६३ प्रतिशत घट्यो । बैंकिङ ०.९७, विकास बैंक १.०८, फाइनान्स २.७८, हाइड्रोपावर ०.८८, लगानी ०.९८, उत्पादन १.१४, माइक्रोफाइनान्स १.१४, निर्जीवन बीमा ०.१९ तथा अन्य ०.४८ प्रतिशत घटे ।

 

खानीखोला हाइड्रोपावर र सुपरमादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ९.८, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.९ प्रतिशत मूल्य बढ्यो ।

 

सपोर्ट माइक्रोफाइनान्सको ८.३, नेपाल फाइनान्सको ७.१, गुराँस लघुवित्तको ६.५ तथा तारागाउँ रिजेन्सीको मूल्य ६.१ प्रतिशत घट्यो । तारागाउँले आजै ११ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

 

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लाइफ इन्स्योरेन्स कर्पोरेसन, रसुवागढी हाइड्रोपावर र जानकी फाइनान्स क्रमशः अगाडि रहे ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology