मेयरसाप

गुल्मीदरबार गाउँपालिका

गरिबसँग विश्वेश्वर कार्यक्रम

अतिक्रमन

राजनीतिक दल

धनगढीमाई नगरपालिका

एनपीएल : कर्णाली याक्सलाई चितवनको १३१ रनको लक्ष्य

Mayorsap

शुक्र, मंसिर २१, २०८१ | ११:४५ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले कर्णाली याक्ससामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।


टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनायो ।

 

चितवनका रवि बोपाराले अर्धशतक पूरा गरे । उनी ५९ रनमा अविजित रहे । कप्तान कुशल मल्ल २३, बिपिन रावल ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


बलिङमा कर्णालीका बिपिन शर्माले ३, जिशन मक्सुदले २, कप्तान सोमपाल कामी र नन्दन यादवले एकएक विकेट लिए ।

 

सुरुआती २ खेल गुमाएको कर्णाली पहिलो जितको खोजिमा छन् । लगातार दुई खेलमा जित निकालेको चितवन मोमेन्टम कायम राख्ने लक्ष्यमा छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology