रास्वपाको आकस्मिक सचिवालय बैठक, रविलाई पोखरा लगिएकोबारे छलफल गर्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
उपसभापति डिपी अर्यालले बोलाएको आकस्मिक बैठक बोलाएका हुन् । आकस्मिक सचिवालय बैठक जारी छ।
बैठक भर्चुअल माध्यबाट बसिरहेको छ। बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उनको मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र डायरी समेत गायब गरिएको सम्बन्धमा छलफल हुने बताएका छन।