मेयरसाप

खोटेहाङ गाउँपालिका

गोठालो भत्ता

मङ्गलसेन नगरपालिका

स्थानीय तहको क्षमता आवश्यकता पहिचान प्रतिवेदन

परोहा नगरपालिका

एनपीएलः पोखरा एभेन्जर्सको पहिलो जित दर्ता, पोखरा १० विकेटले पराजित

१६.५ ओभरमा १७६ रन पूरा

Mayorsap

शुक्र, मंसिर २१, २०८१ | १७:०२ बजे

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हाँसिल गरेको छ ।

सुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गरेको हो । टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पूरा गर्‍यो ।

 

पोखराका ओपनर आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको कीर्तिमानी अविजित साझेदारी गरे । गौसले एनपीएलकै पहिलो शतक प्रहार गरे । गौस १०४ र खरेल ६१ रनमा अविजित रहे ।


त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनाएको थियो ।


लुम्बिनीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनी ५९ बलमा ९५ रनमा आउट भए । उनले चौथो विकेटका लागि टम मुर्ससँग शतकीय साझेदारी गरेका थिए । मुर्स ४५ रनमा आउट भए ।

 

लुम्बिनीका दुई ओपनर शुन्य रनमा आउट हुँदा सन्दीप जोरा १८ रन बनाएर आउट भए । विवेक २ रनमा अविजित रहे । बलिङमा पोखराका विपिन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिएको थियो ।

 

लुम्बिनीको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology