मेयरसाप

भाषा

वृक्षरोपण

लमही नगरपालिका

बराहक्षेत्र नगरपालिका

पातारासी गाउँपालिका

आँबुखैरेनी गाउँपालिकाद्वारा ‘विद्यार्थी बचत खाता’ कार्यक्रम सुरू, पालिकाले १ हजार खातामा राखिदिने

कक्षा १ देखि १० सम्मका छात्रालाई बैंक खाता खोलिदिन थालेको छ ।

Mayorsap

शुक्र, मंसिर २१, २०८१ | १७:१४ बजे

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले बचत गर्ने बानीको विकास गर्न कक्षा १ देखि १० सम्मका छात्रालाई बैंक खाता खोलिदिन थालेको छ । विद्यार्थीमा बचत गर्ने बानीको विकाससँगै थप अध्ययनमा आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यार्थीलाई बैंक खाता खोलिदिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार यही मंसिर ६ गतेबाट छात्रालाई बैंक खाता खोलिदिएर ‘विद्यार्थी बचत खाता’ कार्यक्रम सुरू गरिएको हो । यो कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ५ लाख रुपैयाँ बजेट नै विनियोजन गरेको छ । विद्यार्थी बचत खाताका लागि आवश्यक बजेट विनियोजन गरेको र अपुग भएमा हिउँदे अधिवेशनमा थप गरिने प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । ‘आवश्यक बजेट विनियोजन गरेका छौँ,’ उनले वडापालिकासँग भने, ‘यदी पुगेन भने हामी हिउँदे अधिवेशनमा थप्नेछौँ ।’

आँबुखैरेनी गाउँपालिकामा २४ सामुदायिक र ८ संस्थागत विद्यालय रहेका छ । यी विद्यालयमा करिब ४४ सय विद्यार्थी अध्ययनरत रहेका उनले जानकारी दिए । यसमध्ये २२ सय छात्रा रहेको र उनीहरुको बैंक खाता स्थानीय तहले खोलिदिने उनले बताए । सुरुमा स्थानीय तहले एक हजार रुपैयाँ राखेर छात्राको बैंक खाता खोलिदिने र त्यसपछि विद्यार्थी आफैँले बचत गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

यही मंसिर ६ गते आँबुखैरेनी–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट यो कार्यक्रम सुरु गरिएको छ । यसपछि क्रमशः विद्यार्थीको खाता खोल्ने क्रम चलिरहेको उनले बताए । गाउँपालिकाले कुमारी बैंकमा विद्यार्थी बचत खाता खोलिदिएको प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology