मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

अस्पताल

पिपरा गाउँपालिका

रतुवामाई नगरपालिका

हेटौंडा उपमहानगरपालिका

ताला

कांग्रेसले भन्यो स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषजनक

अहिले पनि ठूलो पार्टीका रूपमा स्थापित भएकाे निष्कर्ष

Mayorsap

सोम, मंसिर २४, २०८१ | १४:४४ बजे

काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषक रहेको निष्कर्ष निकालेको छ ।

 

एक साताअघि सम्पन्न स्थानीय तह उपनिर्वाचनमा केही प्रमुख पद गुमाएको कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपनिर्वाचनको परिणाम सन्तोषजनक रहेको निष्कर्ष निकालेको हो ।

 

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यासम्पादन समितिको बैठकले उपनिर्वाचनको परिणामलाई सन्तोषजनक रहेको निष्कर्ष निकालेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

 

ठूलो पार्टीको रुपमा स्थापित भएको र केही महत्त्वपूर्ण स्थानमा जित हासिल गरेको भन्दै प्रवक्ता महतले भने, ‘हामी अहिले पनि ठूलो पार्टीका रूपमा स्थापित भएका छौँ । महत्त्वपूर्ण ठाउँहरूमा हामीले जितेका छौँ । र, यो परिणामलाई हामीले सन्तोषजनक ठानेका छौँ ।’

 

यही मंसिर १६ गते ४४ पदका लागि भएको स्थानीय तह उपनिर्वाचनमा कांग्रेसले पालिका प्रमुख २, पालिका उपप्रमुख ३ र वडाध्यक्ष दुई पद गुमाएर पालिका प्रमुख १, वडाध्यक्ष १६ र जिसस प्रमुख २ पदमा निर्वाचित भएको थियो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology