मेयरसाप

सम्पादकीय

रास्कोट नगरपालिका

काठमाडौं महानगरपालिका

गुराँस गाउँपालिका

जलजला गाउँपालिका

बौद्धीमाई नगरपालिका

सिरियाका शासक बसर अल–असद कसरी देश छोड्न बाध्य भए ?

के सरकारका सबै नेतृत्वले देश छाेडेका हुन् ?

Mayorsap

सोम, मंसिर २४, २०८१ | १३:१६ बजे

काठमाण्डाै । आइतबार बिहान सत्ताको विपक्षी सेनाले सिरिया बसर अल–असदको शासनबाट मुक्त भएको घोषणा गर्यो । धेरै समय विवादमा रहेका राष्ट्रपति बसर अल–असद विपक्षीहरुको सेना राजधानी प्रवेश गरेसँगै भागेका थिए । उनी रसिया पुगेको बताइएको छ । 

५३ वर्षभन्दा बढीको अल–असद परिवारको शासन हटेकोमा कतिपयले खुसी व्यक्त गरेका छन् । १४ वर्षसम्म भएको रक्तपातपूर्ण गृहयुद्धपछि सरकारको विरोधमा यो एउटा शान्तिपूर्ण परिवर्तन अनौठो क्षण भएको कतिपयको दाबी छ । 

गएको नोभेम्बर २७ मा विपक्षी लडाकूहरुको गठबन्धनले सरकार समर्थित सेनाहरु विरुद्ध ठूलो आक्रमण सुरु गर्यो । पहिला हमला सरकारी पक्षविरुद्ध विपक्षी नियन्त्रित इडलिब र अलेप्पोको छिमेकी गभर्नरेटबीचको अग्रपङ्तिमा भएको थियो । त्यसको तीनदिनपछि विपक्षी लडाकूहरुले सिरियाको दोस्रो ठूलो सहर एलेप्पो कब्जा गरेका थिए । 

कसले गरेको थियो यो काम ?

अपरेसन डिटेरेन्स अफ एग्रेसन नाम दिइएको यो आक्रमणमा हयात तहरीर अल–शाम (एचटिएस) को नेतृत्वमा धेरै सशस्त्र सिरियाली विपक्षी समूहहरु संगठित भएर लडेका थिए । टर्की समर्थित गुटहरुले पनि यसलाई समर्थन गरेका थिए । अबु मोहम्मद अल–जुलानीको नेतृत्वमा रहेको एचटीएस सबैभन्दा ठूलो र सबैभन्दा संगठित संस्था हो जसले यस आक्रमणअघि वर्षौसम्म इडलिभको गभर्नरेटमा शासन गरेको थियो ।
 

अपरेशनमा भाग लिने अन्य समूहहरुमा नेशनल फ्रन्ट फर लिभरेसन, अहरार अल–शाम, जैश अल–इज्जा र नूर अल–दिन अल–जेन्की साथै टर्की समर्थित अन्य गुटहरु पनि थिए । 
 

बिद्रोहीहरु छिट्टै अगाडि बढ्छन् । हामा र हाम्सलाई कब्जा गर्छन् । जुन सहरहरु कुनै समय क्रान्तिको राजधानीका रुपमा चिनिन्थे । गएको शनिबार डेरा क्षेत्र जुन सन् २०११ मा बिद्रोहको जन्मस्थल मानिन्थ्यो, उक्त क्षेत्र सरकारी नियन्त्रणबाट बाहिर गयो । सरकारी सेना पछि हट्न बाध्य भयो ।
युनाइटेड किंगडमस्थित युद्ध अनुगमन गर्ने सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सिरियाली सेनाहरु इजरायलले कब्जा गरेको गोलान हाइट्स नजिकैको कुनेत्रोमा रहेको स्थानबाट फिर्ता भएको बताएको थियो । 
 

बसर अल–असद यति तीब्र रुपमा किन असफल भए ?
 

अर्थतन्त्र डुबेका कारण सिरिया समस्यामा छ । मानिसहरु सिरियामा बाँच्न निक्कै कठिन अवस्था भोगिरहेका थिए । त्यही कारण अल–असद सिरियामा अलोकप्रिय हुँदै गए । त्यसको मुख्य कारण थियो–उनका लागि लड्ने मानिसहरु र सिपाहीहरुलाई बाँच्न गाह्रो भएको थियो । सैनिक र प्रहरी अधिकारीहरुले आफ्नो पद त्याग्न थालेका थिए । हतियारहरु बुझाउन थालेका थिए र विपक्षीहरुबाट भाग्न बाध्य थिए ।
 

सैन्य रुपमा पनि अल–असद शासन वर्षौदेखि  कमजोर देखिन्छ । उनको शासनलाई रुस र इरानी सैन्य सहयोग देखिन्थ्यो । विश्लेषकहरुका अनुसार पछिल्लो समय रुस युक्रेन युद्ध र इरान पनि इजरायलसँगको युद्धमा फसेका कारण अल–असदको शासनलाई सहयोग गर्ने सैन्य शक्ति ती देशहरुले दिन सकेनन् । अर्थात कमजोर सिरियाली सेनाको उद्धारमा आउन सकेनन् ।
 

कहाँ छन् त बसर अल–असद

 

अल–असद र उनका रक्षा मन्त्री अली अब्बास देश छाडेर रसिया पुगेको भनिएको छ । तर कतिपयले देशबाट उडेको उनको जहाज सेनाले छोडेपछि लडाकूहरुको नियन्त्रणमा पुगेको आंकलन पनि गरेका थिए ।
 

राष्ट्रपति अल–असद भागे पनि प्राधनमन्त्री अल–जलाली भने देशमै छन् । तर अल–असदको बिदाईँको घोषणासँगै दमास्कस, होम्स र अन्य सिरियाली सहरहरु उत्सवमा उत्रिएको छ । दमास्कसमा विपक्षी लडाकूहरुले सूर्योदयतिर गोली प्रहार गरेर रमाएका तस्बिरहरु सार्वजनिक भएको छन् । त्यस्तै ट्याङ्कहरुमाथि चढेर झण्डाहरु फहराएको पनि देखिन्छ । केही स्थानहरुमा मानिसहरुले अल–असदका बुबा हाफेजको मूर्तिहरु ढालेका छन् । असद विरोधी नाराहरु लगाएर रमाएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 

विपक्षीहरुले असद देशबाट भागेसँगै अगाडिका शासकहरुले सञ्चालन गरेका जेलहरु खेलेका छन्  । कैदीहरुलाइृ मुक्त गरेका छन् । सबैभन्दा चर्चित जेल सेडनायाको ढोका पनि खोलिएको छ भने हजारौं कैदीबन्दीहरुलाई पनि रिहा गरिएको छ । तर उक्त जेलमा धेरै नागरिकहरु ट्रापमा परेको पनि जनाइएको छ ।
अब के हुन्छ ?
 

सिरियाका प्रधानमन्त्री अल–जलालीले विपक्षीहरुलाई सहयोग गर्ने र संक्रमणकालीन सरकार उनीहरुलाई सुम्पिन तयार रहेको बताएका छन् । आफ्नो फेसबुकमा राखेको एक भिडियो सामाग्रीमा प्रधानमन्त्री जलालीले भनेका छन्, ‘यो देश एक सामान्य देश हुन सक्छ जसले आफ्ना छिमेकीहरु र विश्वसँग राम्रो सम्बन्ध निर्माण गर्न सक्छ......तर यो मुद्दा सिरियाली जनताले छानेको कुनै पनि नेतृत्वमा निर्भर छ ।’ उनले थप भनेका छन्, ‘सार्वजनिक संस्थाहरु आधिकारिक रुपमा हस्तान्तरण नभएसम्म प्रधानमन्त्रीको निगरानीमा रहनेछन् ।’

सिरियाका राष्ट्रपति बसर अल-असद

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology