मेयरसाप

सम्पादकीय

पर्यटन

केपी ओली

महाङ्काल गाउँपालिका

कावासोती नगरपालिका

सत्यवती गाउँपालिका

राससकर्मी पोखरा समाचारदाता शर्मा पुरस्कृत

उनलाई युआरएल फाउण्डेशनले सम्मान गरेको हो ।

Mayorsap

सोम, मंसिर २४, २०८१ | १३:१४ बजे

पोखरा । राष्ट्रिय समाचार समितिका पोखरा समाचारदाता जमुना वर्षा शर्मालाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । स्वास्थ्यका क्षेत्रमा समाचार सम्प्रेषणका माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै उनलाई युआरएल फाउण्डेशनले सम्मान गरेको हो ।     
    
राससकर्मी शर्मालाई रु. ३३ हजार तीन सय ३३ नगद तथा प्रमाणपत्रसहित एक कार्यक्रमबीच शिक्षाविद् जर्ज जोन, युआरएल फाउण्डेशनका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले सम्मान गरेका हुन् । दुई दशकदेखि पत्रकारितामा क्रियाशील शर्मा महिला अधिकार, महिला सुरक्षा, महिला स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा कलम चलाउँदै आएकी छिन् । उनी नेपाल पत्रकार महासङ्घ कास्कीको उपाध्यक्षसमेत हुन् ।     
    
कार्यक्रमकै अवसरमा फाउण्डेशनले चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ललितपुर, कुपन्डोलका डा‍‍ खगेन्द्रबहादुर श्रेष्ठलाई ‘लाइफ टाईम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको छ । 

      
कार्यक्रममा शिक्षाविद् जोन, पुरस्कार छनोट समितिका संयोजक बद्री विनोद प्रतिक, प्रयोगशालाविज्ञ सुशील थापा, युआरएल फाउण्डेशनका अध्यक्ष पन्त, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, पत्रकार आरजु विष्ट सल्यानी तथा सम्मानित व्यक्तिद्वय शर्मा र श्रेष्ठले आ–आफ्नो धारणा राखेका थिए ।     
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology