Ad Image

प्रचण्डले सरकारलाई भने– रविमाथि गरिएको प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु !

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733742238.jpeg

काठमाण्डौ । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी तथा पूर्व गृहमन्त्री रवी लामिछानेमाथि गरेको धरपक्कड र पक्राउ प्रतिशोधपूर्ण भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कदमप्रति खेद प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले जनताको अत्याधिक मतबाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको दाबी गरेका छन् ।

प्रचण्डले सरकारलाई त्यस किसिमका व्यवहार रोक्न आग्रहसमेत गरेका छन् । रास्वपा सभापति लामिछानेलाई सरकारले सहकारीको पैसा अपचलनको विषयमा पक्राउ गरेको झण्डै तीन महिना हुन लागेको छ ।

 

ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालन हुँदा तत्कालीन समयमा प्रबन्धक रहेका लामिछानेलाई जितेन्द्र बाबु राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको आरोप लागेको छ । त्यही आरोपमा लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिएको सरकारको दाबी छ । जितेन्द्र बाबु राईलाई भने सरकारले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

तर रास्वपाले भने सरकारले रवि लामिछाने तत्कालीन समयमा गृहमन्त्री हुँदा सरकारले देउवा पत्नी आरजु राणालगायत कांग्रेस–एमालेका सांसदमाथि गर्न लागेको अनुसन्धानलाई लिएर रिसिईबी साँधिएको दाबी गरिरहेको छ ।

उता रविलाई सुतिराखेको अवस्थामा उठाएर रातारात चितवनबाट अन्यत्र लगेको विषयमा पनि गम्भीर मानवअधिकार नै उल्लङ्घन गरेको ठहर रास्वपाले गरेको छ । अध्यक्ष प्रचण्डले त्यही विषयलाई जोडेर रविमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको दाबी गरेका छन् । रवि प्रचण्ड प्रधानमन्त्री हुँदा गृहमन्त्री रहेका थिए ।

उता माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि सरकारले रवि लामिछानेप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै बिरोध जनाएका छन् । श्रेष्ठले रविलाई चितवनबाट पोखरा लैजाँदा अमानवीय व्यवहार गरेको विषयमा चिन्ता व्यक्त गरेका थिए । उनले नेपाली कांग्रेस र एमालेमा आवद्ध व्यक्तिहरुलाई छानबिन नगरेको भन्दै सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् ।  


 

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ। त्यसैले उनलाई ९० दिनसम्म हिरासतमा राखेर सोधपुछ र अनुसन्धान गर्न पाउने व्यवस्था रहेको अधिकारीहरू बताउँछन्।

लामिछानेकाे हिरासतमा ७७ दिन बितिसकेको र १३ दिनभित्र मुद्दा दायर गर्नुपर्ने प्रहरीलाई बाध्यता रहेको छ।

लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न पाउने अधिकतम समय पुस ६ गतेसम्म हुनसक्ने बताइएकाे छ ।