Ad Image

कर्णालीमा डोजर तोडफोड

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734259731.PNG

हुम्ला । कर्णाली करिडोर अन्तर्गत सिमकोट–खार्पुनाथ सडक खन्न प्रयोग भएको एक डोजरमा तोडफोड भएको छ । तोडफोडबाट १० लाख मूल्य बराबरको क्षति भएको डोजर धनीको भनाइ छ ।

 

उक्त डोजर कांग्रेस महासमिति सदस्य अर्जुन महताराको हो । कांग्रेसकै हुम्ला उपसभापति बसन्त रोकायामाथि डोजर तोडफोडको आरोप छ ।

 

महताराले सडक खन्न करिब ५ सय मिटर मात्रै बाँकी रहेका बेला जिल्ला उपसभापति रोकायाले डोजरमा ढुंगा प्रहार गरी क्षति पुर्‍याएको बताए । उनका अनुसार डोजरमा करिब १२ लाख बराबरको क्षति भएको छ ।

 

आज सार्वजनिक बिदाको दिन भएकाले भोलि उपसभापति रोकायाविरुद्ध उजुरी दर्ता गर्ने पनि महताराले बताए ।

 

मानसरोवर स्कुलभन्दा तलतिरको मोडनेर उपसभापति रोकायाको जग्गा पर्ने भएकाले विवाद हुँदै आएको थियो । रोकायाले बाटो बनाउने क्रममा आफ्नो जग्गा मिचिन नहुने बताउँदै आएका थिए । डिपीआर बन्दा पनि आफ्नो जग्गा मिचिने गरी बनाएको भन्दै उनले विरोध गरेका थिए ।

आज जग्गाको केही भागमा डोजरले खनेको भन्दै उनले ढुंगा हानेका थिए । डोजरमा ढुंगा हानिसकेपछि उनलाई सादा पोशाकका प्रहरीले रोकेका थिए ।