प्रशान्त महासागरको भानुआटु टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
भूकम्पपछि सुनामीको चेतावनी
Mayorsap
मंगल, पौष २, २०८१ | १३:१६ बजे

काठमाडौं । दक्षिण प्रशान्त महासागरमा अवस्थित भानुआटु टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार, मंगलबार बिहान ७ बजेर ३२ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु राजधानी पोर्ट भिलाबाट ३० किलोमिटर पश्चिममा ५७ किलोमिटर गहिराइमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पपछि ५.५ म्याग्निच्युडको परकम्प गएको थियो । भूकम्पपछिको क्षतिको विवरण भने आएको छैन । तर, सबै सरकारी वेबसाइट अफलाइन भएका छन् । यसबाहेक प्रहरी र अन्य निकायका फोन नम्बर पनि काम गरिरहेका छैनन् । देशको भूकम्प मापन संस्थाले पनि यस सम्बन्धमा कुनै जानकारी दिएको छैन ।
इन्डिपेन्डेन्टका अनुसार, अहिलेसम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।