मेयरसाप

सम्पादकीय

महाशिवरात्री

गोपाल हमाल

बाढी

रेसुङ्गा नगरपालिका

नाम्खा गाउँपालिका

धनुषाधाम नगरपालिका

"अनुसन्धानमा रहेको विषयमा मिडिया ट्रायल भयाे" - निकिता पाैडेल

"यति-उति पैसा छ भनेर आ-आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि" !

Mayorsap

मंगल, पौष २, २०८१ | १३:०० बजे


काठमाडाैँ ।  रास्वपा सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले फेसबुक स्टाटस लेख्दै अनुसन्धानमा रहेको विषयमा मिडिया ट्रायल भएको बताएकी छन् ।

 

आफ्नो बैंक खातामा भएको पैसाबारे मिडियाले भ्रम फैलाएको बताएकी छन् । सञ्चारमाध्यममा निकिताको बैंक खाताबाट कारोबार भएको पैसाबारे विभिन्न समाचार आएपछि मंगलबार उनले स्टाटस मार्फत नै आफूले आफ्नो सबै बैंकिङ विवरण प्रहरीलाई बुझाइसकेको बताएकी छन् ।

 

उनले पैसा नभएकै कारण चार करोडमा किनेको घरको किस्ता तिर्दै गरेको पनि बताएकी छन् ।

 

“कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोबारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु । यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ! समाचार लेख्नेमाथि दया लागेर आउँछ,“ उनले भनेकी छन् ।

 

उनि लेख्छिन्, "खाता मेरो हो । यति-उति पैसा छ भनेर आ-आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि" !

 

श्रीमान् हिरासतमा भएको बेला आफुमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा आश्चर्य भएको पनि बताएकी छन् ।  

 

उनले आफूहरूले अझै प्रमाण कुरिरहेको पनि बताएकी छन् । “मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाणमात्रै देऊ भनेको हो । अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौँ,“ उनको भनाइ छ ।

 

निकिताका श्रीमान रबि लामिछानेलाई हिरासतमा राख्न आज पनि चार दिन म्याद थप्न अनुमतिका लागि आठौँ पटक प्रहरीले अदालत पेश गरेको छ । उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार प्रहरीले बुझाएको थियो ।

 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology