मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

चुमनुब्री गाउँपालिका

बालेन शाह

बुटवल उपमहानगरपालिका

वडा

टुकुचा खोला

‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ' : मुख्यमन्त्री हिक्मतकुमार कार्की

Mayorsap

बुध, पौष १०, २०८१ | १५:५० बजे

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने धारणा राखे ।


आज नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद हस्तान्तरण तथा प्रमाणपत्र वितरण समारोहमा उनले पेसागत रूपमा स्वतन्त्र भई पत्रकारले स्वच्छ र मर्यादित पत्रकारिता गर्नुपर्ने भन्दै यसले समृद्ध मुलुक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।


मुख्यमन्त्री कार्कीले पत्रकारको सामूहिक हकहित र अधिकारको रक्षा गर्ने संस्थाका रूपमा रहेको पत्रकार महासङ्घको निर्वाचन खर्चिलो बन्न नहुने भन्दै सहमति, सहकार्य र एकताबाट असल नेतृत्व छान्नुपर्नेमा जोड दिए। उनले विकास र समृद्धिको यात्रालाई पूरा गर्न पत्रकारिता क्षेत्र सत्यतथ्यमा आधारित हुनुपर्ने बताउँदै संविधानको सर्वोच्चता, मानव अधिकार, लोकतन्त्रको रक्षाका लागि पत्रकारिता सहयोगी हुने विश्वास व्यक्त गरे ।


मुख्यमन्त्री कार्कीले आगामी हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक ल्याउने तयारीसँगै सरकारले थप विधेयक सदनमा ल्याउन लागेको जानकारी दिँदै पत्रकारहरूको वृत्ति विकासका लागि लेखन, अनुसन्धान र खोजमूलक सामग्रीको प्रकाशन, सीप विकाससम्बन्धी तालिमलगायत व्यवस्थापन गरिने उल्लेख गरे ।


उहाँले विधि र प्रक्रिया मिचेर प्रदेश सरकारले कुनै पनि काम नगर्ने भन्दै आफ्नै लगानीमा प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी भइरहेको उल्लेख गर्दै लगानी सम्मेलनबाट कृषि, पर्यटन र उर्जाका क्षेत्रमा रु ५० अर्ब भित्रने अनुमान गरिएको उनले बताए।


मुख्यमन्त्री कार्कीले भन्नुभयो, “प्रदेश सरकारले लागानी सम्मेलन गरेपछि पर्यटन वर्ष र अन्तर्राष्ट्रिय चिया सम्मेलन भव्यताका साथ सम्पन्न गर्न आवश्यक विधिका साथ तयारी गरिरहेको छ ।” प्रदेश सरकारले केही वर्ष पहिला पत्रकार उपचार कोषमा रु १० लाख जम्मा गरिसकेको बताउँदै चालु आर्थिक वर्षमा प्रदेशमा १७ दशमलव पाँच प्रतिशत आन्तरिक आय वृद्धि भएको जानकारी दिए ।


नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका कार्यवाहक अध्यक्ष मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका कोशी प्रदेशका संस्थापक अध्यक्ष एवं मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिका सदस्य शङ्कर खरेल, नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सुशिला पाठक, पत्रकार मोहन भण्डारी, नवराज कट्टेल, लीला बल्लभ घिमिरे, यज्ञ शर्मालगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology