काठमाडौँ र ललितपुरमा एकै दिन तीन जना मृत भेटिए
Mayorsap
बिही, पौष १८, २०८१ | १६:३४ बजे

काठमाडौँ । काठमाडौँ र ललितपुर जिल्लामा एकै दिन ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजु डेरा गरी बस्ने सिराहा बरियारपट्टी गाउँपालिका-२ घर भएका ५० वर्षीय किशन कुमार राय आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित मुनिभैरव मन्दिर नजिकै खाल्डोमा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै ललितपुरको गोदावरी नगरपालिका-१० टाखेल बस्ने ५२ वर्षीय जितु पण्डित आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
उता बाजुराको बडिमालिका नगरपालिका-८ कोट बस्ने ५५ वर्षीय सूर्य थापा सोही नगरपालिका-८ राप्कास्थित साँफे मार्तडी सडक खण्डको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मोरङको जहदा गाउँपालिका-४ सिसौबारी टोलस्थित सडकको नालीमा रंगेली नगरपालिका-२ बबियाबिर्ता बस्ने ३२ वर्षीय महेश हस्दा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।