मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

डाक्नेश्वरी नगरपालिका

मालिका गाउँपालिका

मङ्गलसेन नगरपालिका

मेयरसाप

अतिक्रमन

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

Mayorsap

बिही, पौष १८, २०८१ | १६:३७ बजे

काठमाडौँ । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित भएको छ।


भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले आज सर्वसम्मत पारित गरेको हो।

 

समिति सभापति रामहरि खतिवडाले बैठकमा विधेयकको संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव समितिबाट सर्वसम्मत पारित भएको हो।


त्यसअघि समितिमा आज विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनबारे छलफल भएको थियो।


राज्य व्यवस्था समितिको आजको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस महामन्त्री गगन थापालगायत पनि सांसद उपस्थित थिए।


समितिबाट पारित भएको संशोधन विधेयक अब प्रतिनिधि सभामा पुग्नेछ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology