Ad Image

रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँमा पनि मुद्दा दर्ता

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736073314.jpg

काठमाडौँ । सहकारीको रकम अपचलनको अभियोगसहित पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

 

सरकारी वकिलको कार्यालयले आइतबार रवि लामिछानेसहित ३९ जनाविरुद्ध सहकारीको रकम ठगेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता  गरेको हो ।

 

यही पुस १८ गते जिल्ला प्रहरी परिसर काठमाडौंले कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो । सोही आधारमा आइतबार उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

 

अभियोगपत्रमा ३९ प्रतिवादीसँग कुल २ अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ । रवि लामिछाने र गोरखा मिडियाका सञ्चालक जीबी राईविरुद्ध मात्र पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरेर मुद्दा दर्ता गरिएको छ ।