मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

अर्थ

स्वास्थ्य

राजनीतिक दल

काठमाडौं महानगरपालिका

छाउपडी

सुत्केरी महिला

पोखरा महानगरपालिका

स्नातक तह

खजुरा गाउँपालिका

तालिवानका दुई शीर्ष नेताविरुद्ध अन्तराष्ट्रिय फौजदारी अदालतद्वारा पक्राउ पुर्जी जारी

Mayorsap

शुक्र, माघ ११, २०८१ | ०९:२४ बजे

काबुल । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले तालिवानका शीर्ष दुई नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अफगानिस्तानमा महिला अधिकार हनन गरेको तथा तालिवानले निरन्तर रूपमा लैंगिक अपराध गरेको भन्दै उनीहरूलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

 

आईसीसीका प्रमुखका अनुसार तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा र इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका मुख्य न्यायाधीश अब्दुल हकिम हक्कानीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

 

दुई शीर्ष तालिवान अधिकारीहरू विरुद्ध आईसीसीले कारबाही गरेको खबरपछि अफगान महिला र मानव अधिकार अभियानकर्ताहरूले तुरुन्तै स्वागत गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन ।

 

‘यस पक्राउ पुर्जी पछि हामीलाई आशा जागेको छ कि हाम्रो आवाज दबिएको छैन र विश्वले अझै पनि समानता र न्यायको लागि हाम्रो आह्वान सुन्छ भन्ने देखिएको छ,’ एक अफगान कार्यकर्ता जो ग्रामीण अफगानिस्तानका किशोरी लागि घर घरमा आधारभूत साक्षरता कक्षाहरू प्रदान गर्दछ, उनले सिएनएनसँग भनेका छन । तर, प्रतिशोधको डरले आफ्नो नाम लुकाउन आग्रह गरेका छन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology