मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

‘छोरी सम्मान कार्यक्रम’

राप्ती गाउँपालिका

स्वामिकार्तिक खापर गाउँपालिका

डाक्नेश्वरी नगरपालिका

छाउपडी

५० वर्षपछि चितवन बारमा महिला अध्यक्ष चयन

Mayorsap

आइत, माघ १३, २०८१ | १३:१३ बजे

चितवन । चितवन जिल्ला अदालत बार एशोसिएसनमा पहिलो पटक महिला अध्यक्ष चयन भएकी छन् । चितवन बारको सदस्यहरूमध्ये पनि पहिलो महिला सदस्य बनेकी फूलमाया रानाभाट यस पटक अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।
 

शनिबार सम्पन्न अधिवेशनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी नुनराज सिलवाललाई पराजित गर्दै निर्वाचित भएकी हुन्। उनले ८१ मत प्राप्त गर्दा सिलवालले ७८ मत प्राप्त गरे । रानाभाट लोकतन्त्रवादी कानुन व्यवसायी सङ्घबाट निर्वाचित भएकी हुन् ।
 

उपाध्यक्षमा सीताराम अधिकारी विजयी भएका छन् । उनले ९१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सरिता सापकोटाले ६६ मत प्राप्त गरीन् । सचिवमा कुलचन्द्र खनाल ८० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी बलराम पौडेलले ७० मत प्राप्त गरे । सहसचिवमा पवित्रा सुवेदी निर्विरोध चयन भएकी छन् ।

 

कोषाध्यक्षमा दिपकराज तिमिल्सिना निर्वाचित भएका छन् । तिमिल्सिनाले ८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सपी मियाँले ७५ मत प्राप्त गरे। महिला सदस्यमा प्रियङ्का थापा निर्विरोध निर्वाचित भएकी हुन ।

 

खुल्ला सदस्यतर्फ शैखरनाथ पोखरेल ७५, किरण गुरुङ ८४, सुरेन्द्रराज सुवेदी ७६, शम्भु बर्तौला ७७, रामकुमार प्याकुरेल ८१, अजयकुमार तामाङ ८१ र केदारराज पन्त ७६ मतका साथ विजयी भएको निर्वाचन समितिका संयोजक जगन्नाथ भण्डारीले जानकारी दिए ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology