मेयरसाप

काठमाडौं महानगरपालिका

बजेट

केपी ओली

रोजगारी

काचो स्याउ

तातोपानी गाउँपालिका

राष्ट्रिय प्रतिभा पुरस्कार

जनकपुरधाम उपमहानगरपालिका

दुल्लु नगरपालिका

रसुवामा निःशुल्क स्वास्थ्य शिविर, एक सय पाँच महिलाको पाठेघर परीक्षण

Mayorsap

आइत, माघ १३, २०८१ | १३:५८ बजे

रसुवा । रसुवाको स्याफ्रुबेँसीमा आयोजना गरिएको एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा एक सय पाँच महिलाको पाठेघर परीक्षण गरिएको छ । लाङटाङ लिरूङ अस्पतालद्वारा आयोजित शिविरमा १२ जनामा पोजेटिभ भेटिएको डा .जीवन तामाङले बताए ।

 

समस्या देखिएका बिरामीलाई आवश्यक परामर्श दिन थालिएको र स्थानीयस्तरमा उपचार हुन नसक्नेलाई जोखिमको अवस्था हेरी  बाहिर पठाउन तयार भइरहेको उनले बताए । परीक्षणका लागि स्त्रीरोग विषेशज्ञ डा पुनम लामा खटिएका थिए ।

 

ग्रामीणवासीलाई लक्षित गरी सञ्चालन गरिएको अस्पतालले हालसम्म एक हजार पाँच सय भन्दाबढीलाई उपचार सेवा प्रदान गरिसकेको डा. तामाङले बताए ।

 

आफूलाई परेको समस्या खुलस्त रूपमा नभन्ने र लाज मानेर अस्पताल नजाने गरेको पाइएकाले महिला चिकित्सकबाटै परामर्श सहितको उपचारसेवा दिने गरिएको अस्पतालले बताएको छ । आफ्नो स्वास्थ्यप्रति सजक रही स्वास्थ्य संस्थामा जान सुझाबसमेत दिँदै आएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology