मेयरसाप

रोजगारी

केपी ओली

राजनीतिक दल

चिरिबाबु महर्जन

टेम्केमैयुङ गाउँपालिका

मुसीकोट नगरपालिका

‘घर घरमा डाक्टर’

सप्तरीको राजगढ गाउँपालिका ९२ वटा सार्वजनिक पोखरी संरक्षणमा जुट्दै

Mayorsap

बिही, माघ १७, २०८१ | ११:०७ बजे

काठमाडौँ । सप्तरीको राजगढ गाउँपालिकाले पालिकाभित्रका ९२ वटा सार्वजनिक पोखरीको संरक्षण अभियान थालेको छ ।


गाउँपालिकाले पालिकाभर वेवारिसे अवस्थामा रहेका पोखरीको संरक्षण गरी ती पोखरीमा मत्स्यपालन लगायतका ठेक्का लगाउने प्रकृया अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार झाले जानकारी दिए ।


उनका अनुसार २००४ सालमा भएको नापी र २०२८ सालमा भएको नापी अनुसार नम्बरी जग्गा भएको, हकभोग प्रमाणपत्र भए या मालपोत तिरेको रसिद भएका पोखरी बाहेकका सबै पोखरी सार्वजनिक पोखरी भएको भन्दै ९२ वटा पोखरीको लिष्ट समेत सार्वजनिक गरेको छ । वडा कार्यालयहरुले गरेको फिल्ड अध्ययन र सिफारिसका आधारमा ९२ वटा पोखरीको पहिचान गरी गाउँपालिकालेती पोखरीलाई ठेक्का लगाउने प्रकृया सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत झाको भनाइ छ ।


उनका अनुसार औषतमा एउटा पोखरीबाट वार्षिक ५० हजार रुपैयाँ आम्दानी हुने अनुमानसहित पालिका यतिबेला पोखरीको ठेक्का लगाउने प्रक्रियामा जुटेको हो । ३ वर्षका लागि ठेक्कामा दिने तयारी भइरहेको र कसैको पोखरीमा हकदाबी भए १५ दिनभित्र पालिकामा सम्पर्क राख्न सूचनासमेत जारी गरेको उनको भनाइ छ ।


झाकै पहलमा गाउँपालिकाले मालपोत र राजश्वको भुक्तानीलाई पनि अनलाईन प्रणालीमा लगिसकेको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology