Ad Image

ओखलढुंगामा बिरामी बोकेको सुमो दुर्घटना, ३ जनाको मृत्यु

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1738224307.jpg

काठमाडौं  । ओखलढुंगामा सुमो दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।

खोटाङको दिक्तेलबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको सुमो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ भँडारे खोलामा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो । 

मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका घर भएका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङ रहेका ओखलढुंगाका प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए ।

 

बिरामी आमालाई उपचारका लागि काठमाडौं लिएर हिडेका पुजनको आमाछोरासहित तीन जना बीचबाटोमै अस्ताएका हुन् । बिरामी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौँ लिएर हिँडेका थिए। माया आगोले पोलेर गम्भीर घाइते भएकी थिइन् ।

 

ना १ ज ६४२९ नम्बरको सुमो गए राती दुर्घटनामा परेपनि आज बिहान मात्रै स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुर्घटनापछि सुमो चालक २२ वर्षीय अनिल पण्डित फरार छन् । चालकको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।