मेयरसाप

शिक्षा

शिक्षक

केपी ओली

बालमैत्री

पञ्चदेवल विनायक नगरपालिका

निर्माण

विद्यालय

न्यायिक समिति

कालीगण्डकी गाउँपालिका, स्याङ्जा

त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खला खेलमा नेपाललाई जितका लागि १०७ रनको लक्ष्य

Mayorsap

मंगल, माघ २२, २०८१ | १४:५२ बजे

काठमाडौँ । त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाल सामू जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय छ रन बनायो । थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ र थिपाथ्चा पूथावोङले अविजित २५ बनाए । 

 

साथै नानपत कोन्चारोन्काइले १९ रनको योगदान दिइन् । नेपालका लागि मनीषा उपाध्यायले तीन विकेट लिइन् पूजा महतो र रचना चौधरीले समान एक-एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology