मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

राजनीतिक दल

मालिकार्जुन गाउँपालिका

मध्यविन्दु नगरपालिका

रवि लामिछाने

स्थानीय पाठ्यक्रम

तुर्माखाँद गाउँपालिका

स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर बन्दै

धार्मिक पर्यटककाे हब बनाउने पालिकाकाे तयारी

Mayorsap

बुध, माघ २३, २०८१ | १७:२८ बजे

वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका धार्मिक पर्यटनको हब बन्ने भएको छ ।  वडा नम्बर १ मा (नेपालमै पहिलो) नवग्रह मन्दिर निर्माण सुरू भएपछि अर्जुनचौपारी धार्मिक पर्यटनको हब बन्ने भएको हो । नेपालकै पहिलो नवग्रह मन्दिर बनाउने र पालिकालाई धार्मिक पर्यटनको हब बनाउने योजना अनुरूप नवग्रह मन्दिर निर्माण गरिएको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।

 

विभिन्न शक्तिपीठहरुमा एक छेउमा नवग्रहको प्रतिमा राखेर पुजा गर्ने गरिएता पनि देश विदेशमा सिद्धिप्राप्त योगीहरुले यो ठाउँमा नवग्रह मन्दिर निर्माण गर्नु अत्यन्तै उपयुक्त हुने सल्लाह दिए अनुरुप नवग्रह मन्दिर निर्माण गरिएको तिवारीकाे भनाई छ ।

 

भारतको आसामस्थित चित्रसाल पहाडमा रहेकाे नवग्रह (नौ आकाशीय पिण्ड)को मन्दिर  अर्जुनचाैपारीमा पनि निर्माण भएकाे हाे । तर यहाँ बनेकाे मन्दिर भारतकाेभन्दा फरक हुने अध्यक्ष तिवारी बताउँछन् । नवग्रह मन्दिरको मुख्य स्तम्भ नवभुज आकारको हुने बताइएको छ । जुन २७.७ फिटको बनाइने छ । २७ फिट माथितिर फर्केको अग्लो ब्रह्माणीय मूर्तिको अवलोकन प्रत्येक वर्षको गणेश चतुदर्शीमा मात्र गर्न पाइनेछ ।

 

नवग्रह मन्दिरसँगै बनाइएको षट्कोणको बीचमा पशुपतिनाथको जस्तै पञ्चमूखि शिवलिङ्ग राखिने र अन्य कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरब, हनुमान र दुर्गा भवानीको मूर्ति राखिने छ । मन्दिरको एक ठाउँबाट छिरेपछि ९ चक्रमा रहेका नवग्रहलाई ९ परिक्रमासहितको पूजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने छ ।

 

नौ भूजा रहने पिल्लरमा १३ फिटमा नौ वटा ग्रहका प्रतिक रहेका छन् भने त्यसमाथि नवभुज आकारको १४ फिटको पिल्लर छन् । पिल्लरको सबैभन्दा माथि सूर्यतर्फ फर्किएको सौर्यमण्डलीय (ग्रह)को प्रतिमा रहनेछ भने त्यहाँ रहने प्रतिमा हिन्दुधर्ममा कहलिएका धार्मिक ज्योतिषीको विशेष सल्लाहबमोजिम भारतमा बनाइएको छ । धार्मिक गुरु तत्वदर्शी ब्रह्मनिष्ट सन्त शिरोमणी स्वामी लोकानन्द महाराजले निर्माणाधीन नवग्रह मन्दिरको अवलोकन समेत गरिसकेका छन् ।

 

यो मन्दिर शनिबार मात्र खुल्नेछ । ९ चक्र मध्ये एक चक्र भक्तजनलाई मध्यनजर गरेर अन्य दिनमा पनि पूजाआजा गर्न पाइने गरी व्यवस्थापन गरिने तयारी छ । नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रीको अवसर पारेर फाल्गुन ६ देखि १४ गतेसम्म १ करोड २५ लाख दीप प्रज्वलन गरी भव्य रुपमा गर्ने गाउँपालिकाको तयारी रहेकाे पालिकाले जनाएकाे छ ।

 

गण्डकी प्रदेशको मुकाम पोखराबाट करिब ५२ किलोमिटर दूरीमा रहेको नवग्रह मन्दिर  स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने पालिका अध्यक्ष तिवारीको विश्वास छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology