मेयरसाप

रक्सी–चुरोट

फोहोर

साँगुरीगढी गाउँपालिका

दङ्गीशरण गाउँपालिका

नगर बस

ट्रम्पले दिए ठाउँकाे नाम परिवर्तन गर्न आदेश: गुगलले बनायाे एउटै ठाउँकाे नाम दुई देशमा फरक-फरक

मेक्सिकोका राष्ट्रपति क्लाउडियाकाे ट्रम्पलाई सुझाव- 'बरू संयुक्त राज्य अमेरिकालाई ‘मेक्सिकन अमेरिका’ भन्नू

Mayorsap

मंगल, माघ २९, २०८१ | १२:५० बजे

एजेन्सी ।गुगलमा 'दुई देशकाे सीमानामा भएकाे कुनै एक विवादित ठाउँकाे नाम त एउटै देखाउँछ हाेला नि ?' भन्ने तपाईँ हामीलाई लाग्न सक्छ । यसभन्दा अघि त त्यस्तै थियाे । तर अमेरिकी राष्ट्रपतिमा डाेनाल्ट ट्रम विजयी भएसँगै अमेरिका र मेक्सिकाेबीचकाे विवादित ठाउँकाे नाम पनि फरक फरक देखिने भएकाे छ ।

 

गल्फ अफ मेक्सिकाेलाई ट्रम्पले गल्फ अफ अमेरिका बनाउन गुगललाई आदेश दिएका थिए । याे ठाउँ मेक्सिकाे र अमेरिकाबीचकाे विवादित क्षेत्र हाे । गुगलले अमेरिकामा उक्त ठाउँकाे नाम गल्फ अफ अमेरिका र मेक्सिकाेमा उक्त ठाउँकाे नाम गल्फ अफ मेक्सिकाे देखिने बनाएकाे छ ।

 

अन्य देशका प्रयाेगकर्ताले भने उक्त ठाउँकाे नाम दुवै देख्नेछन् । त्यस्तै  उत्तर अमेरिकाकाे सबैभन्दा ठूलाे चुचुराे माउन्ट डेनालीकाे नाम पनि परिवर्तन गरेर माउन्ट म्याकिन्ले बनाइएकाे छ । याे चुचुराेकाे नाम परिवर्तन गर्न पनि ट्रम्पले नै गुगललाई आदेश दिएका हुन् । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको पालना गर्दै संयुक्त राज्य अमेरिकाभित्र गुगलको नक्सा प्लेटफर्म प्रयोग गर्नेहरूका लागि ‘गल्फ अफ मेक्सिको’ को नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन गरेको हाे ।

 

संयुक्त राज्य अमेरिका बाहिरका प्रयोगकर्ताहरूले अन्य विवादित स्थानहरूको जस्तै ‘गल्फ अफ मेक्सिको’ को मौलिक र नयाँ दुवै नाम देख्नसक्ने गुगलले एक ब्लग पोस्टमा लेखेको छ ।

 

“अमेरिकामा नक्सा प्रयोग गर्ने मानिसहरूले ‘गल्फ अफ अमेरिका’ देख्नेछन् र मेक्सिकोका मानिसहरूले ‘गल्फ अफ मेक्सिको’ देख्नेछन् । अरू सबैले दुवै नाम देख्नेछन्”, गुगलले लेखेको छ ।

 

गुगलले भौगोलिक नाम सूचना प्रणालीमार्फत आधिकारिक अमेरिकी सरकारी भौगोलिक पदनामहरूको पालना गर्ने आफ्नो नीतिसँग यो परिवर्तन मेल खाने बताएको छ ।

 

पद सम्हालेपछि ट्रम्पले ‘गल्फ अफ मेक्सिको’ को नाम परिवर्तन गर्ने मात्र नभई अमेरिकाको सबैभन्दा अग्लो शिखर डेनालीको नाम पूर्ववत् माउन्ट म्याकिन्ले गर्ने कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए ।

 

सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अलास्का पर्वतलाई डेनालीको रूपमा आधिकारिक मान्यता दिएका थिए । यो नाम अलास्काका आदिवासीहरूले शताब्दीयौँदेखि प्रयोग गर्दै आएका थिए ।

 

ट्रम्पको पुनः नामकरणले डेनाली नाम कायम राख्न लामो समयदेखि वकालत गर्दै आएका अलास्काका आदिवासी समूहहरूको आलोचना र मेक्सिकोसँग कूटनीतिक चिन्ता उब्जाएको छ ।

 

मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सन् १८४८ मा संयुक्त राज्य अमेरिकाले आफ्नो देशको एक तिहाइ भाग कब्जा गर्नुभन्दा पहिलेको नक्सातिर औँल्याउँदै संयुक्त राज्यलाई ‘मेक्सिकन अमेरिका’ भन्न सुझाव दिएका छन् ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology