इन्स्टाग्रामले रिल्सको छुट्टै एप सुरु गर्ने
Mayorsap
बिही, फागुन १५, २०८१ | १५:०४ बजे

काठमाडौं । अमेरिकामा चिनियाँ छोटो भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता देखेर, इन्स्टाग्रामले आफ्नो छोटो भिडियो सुविधा रिल्सलाई छुट्टै एपको रूपमा सुरु गर्न सक्ने बताइएको छ ।
प्रविधि क्षेत्रको प्रकाशन ‘द इन्फर्मेसनु’ का अनुसार, इन्स्टाग्राम प्रमुख एडम मोसेरीले यस हप्ता कर्मचारीहरूलाई यसबारे जानकारी गराएका थिए । यद्यपि, इन्स्टाग्रामको मुख्य कम्पनी मेटाले यस सम्बन्धमा कुनै जानकारी दिएको छैन।
यस वर्षको जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई स्थानीय कानून पालना गर्न ७५ दिनको समय दिएका थिए ।
यो कानून पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले बनाएको थियो । यस कानून अनुसार, यदि टिकटकले अमेरिकी कानूनको पालना गर्दैन भने, यसले यसलाई स्थानीय कम्पनीलाई बेच्नु पर्नेछ वा प्रतिबन्धको सामना गर्नुपर्नेछ ।