साबा वुमन्स बास्केटबलको उपाधि भारतले जित्यो


काठमाडौं । भारतमा सम्पन्न साबा वुमन्स बास्केटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । फाइनलमा माल्दिभ्सलाई हराएर भारतले उपाधि जितेको हो ।
भारत, माल्दिभ्स र नेपाल सम्मिलित प्रतियोगिताको फाइनलमा भारतले माल्दिभ्सलाई १०७–३२ ले हरायो ।
नेपाल भने लिग चरणमा दुवै टोलीसँग पराजित हुँदै बाहिरिएको थियो ।