Ad Image

‘नो केवलकार समूह’का आन्दोलनकारीलाई थुनेकोविरुद्ध सर्वोच्चद्वारा कारण देखाऊ आदेश

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741960802.jpg

काठमाडौं । सर्वोच्च अदालतले ‘नो केबलकार समूह’को आन्दोलनको क्रममा पक्राउ परेका १८ जनालाई थुनामा राख्नुको कारण माग गरेको छ । शुक्रबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।  

‘नो केवलकार समूह’को आन्दोलनको क्रममा पक्राउ परेकाहरूलाई गैह्रकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । रिटमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलगायतलाई विपक्षी बनाइएको छ । ताप्लेजुङको पाथिभरा ९मुकुम्लुङ्ग० मन्दिरमा केबलकार बनाउने परियोजना अघि बढेपछि ‘नो केबलकार समूह’ आन्दोलित हुँदै आएको छ ।