तेस्रो लहान मेयर गोल्डकप फुटबल सोमबारदेखि हुने


सिराहा । लहान नगरपालिकाको सहयोगमा सोमबारदेखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ तेस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
लहान–७ स्थित पशुपति आदर्श माध्यमिक विद्यायलको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा दश टोली सहभागी हुने आयोजक हिम कस्तुरी युवा क्लबका अध्यक्ष शम्भु चौधरीले बताए । उनका अनुसार सोमबार उद्घाटन खेलमा झापा फुटबल क्लब र बारा एपिएच क्लबबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेतालाई रु. दुई लाख ११ हजार र उपविजेतालाई रु. एक लाख ११ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताका लागि लहान नगरपालिकाले रु. २० लाख सहयोग गरेको आयोजक संस्थाले जनाएको छ ।
दोस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि वीरगञ्ज युनाइटेडले जितेको थियो । सो प्रतियोगितमाा सलहेश युवा क्लब, सिराहा उपविजेता बनेको थियो ।