शान्तिनगरमा कर्फ्यु लगाउने तयारी, सुरक्षाकर्मी बढाइयो


काठमाडौं । तीनकुनेमा भएको राजावादी समर्थकहरुको प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनलेले शान्तिनगर आसपास क्षेत्रमा कफ्र्यू लगाउने तायरी गरेको छ ।
सुरक्षाकर्मीहरुको उपस्थिति बढाइएको छ । प्रहरीहरुको संख्या बढाएसँगै प्रदर्शनकारीहरु पनि ढुंगा तथा इँटा हातमा लिएर आक्रमणमा तयारीसाथ बसेका छन् । प्रदर्शनकारीहरु माओवादीको हेड्क्वाटरतिर मोडिँदा प्रहरीले रोक्ने प्रयास पनि गरिरहेको छ ।
तर प्रदर्शनकारीहरुले प्रहरीको गाडी नै जलाएका छन् । प्रहरीहरु बन्दुक ताकेर बसेको अवस्था छ।















