Ad Image

तीनकुने क्षेत्रको कर्फ्यु हट्यो

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743214439.jfif

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा जारी कर्फ्यु हटेको छ । आज बिहान बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । ​​​​​​​राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि शुक्रबार दिउँसोदेखि ७ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको थियो । ७ बजेसम्म जारी कर्फ्यु थप गरी आज बिहानसम्म पुर्‍याइएको थियो ।