Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

धर्मगुरू पुस्कर खतिवडा पक्राउ, सँगै रहेका दुर्गा प्रसाईँ गायब

User Image मेयरसाप डेस्क | २०८१ चैत १४ गते ११:१८
Image of storage/news/1743226399.png

काठमाडौँ । ललितपुरको इमाडोलबाट धर्मगुरू पुस्कार खतिवडा पक्राउ परेका छन् भने सँगै बसेका दुर्गा प्रसाईँ गायब भएका छन् ।

 

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले इमाडोलबाट पुस्कार खतिवडालाई पक्राउ गरेको एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

 

यद्यपि शुक्रबार तीनकुनेबाट फरार हुनुअघि प्रसाईं धर्मगुरू पुस्कर खतिवडासँगै भागेको खुलेको छ।

 

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार शुक्रवार कार्यक्रमस्थलबाट प्रसाईं खतिवडासँगै निस्किएका थिए। इमाडोलस्थित खतिवडाको घरमा केहीबेर बसेर प्रसाईं त्यहाँबाट पनि फरार भएका हुन्।

 

प्रहरीले अहिले तीनकुनेमा राजावादी आन्दोलनमा सहभागी भएका नेताहरूलाई पक्राउ गरिरहेको छ।

 

रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गरेको छ।

 

उनीहरूमाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ।
 


Facebook Comments